रजिन ढुङ्गेल झापाली मोडल बिराज राई ले पछिल्लो समयमा सरोज अधिकारी प्रोडक्शन बाट निर्माण भएको ‘राजा रानी’ नामक पप गित बाट राम्रो दर्शक बटुले त्यसो त युट्युब बाट पनि राम्रो भ्युज नकमाएको भने होईन धेरै जस्तो स्टेज को कार्यक्रममा ब्यस्त रहने मोडल केही समयपछि ग्यापमा बसेका थिए दर्शकको माया र खोजी अत्यधिक बढ्न थालेपछि नव मोडल बिराज राई यो पटक दर्शक सामु तिज गित लिएर आएका छन। प्रसन्न बलमी र सुनिता सुनार को स्वर रहेको उक्त गित लाई रोशन थापा ले छायाङ्कन तथा सम्पादन गरेका छन् भने समिर रमतेल ले निर्देशन गरेका हुन। उक्त गित को छायाङ्कन पुर्वकै रमणिय स्थान साथै धार्मीक क्षेत्रहरुमा गरिएको हो।