प्रतिभावान गायक: समीर मोक्तानको आवाजमा रहेको "निरमाया" बोलको रमाईलो डान्सिङ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भारतिय रियालिटी सो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र हालकी चर्चित मोडेल: अलिशा राईको अभिनय रहेको "निरमाया" मा गितकार: डि.पी खनालको रचना रहेको छ भने,शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलले संगित सँयिजन गरेका छन् ।
राजिब समरले निर्देशन गरेको यस भिडियोका छाँयाकार अनिल कुमार मानन्धर हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका छन् । सुसान्त खत्री र राजिब समरको कोरियोग्राफी रहेको "निरमाया" लाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।

Comments
Post a Comment