कन्याम पुर्बी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको सीमापरिसरभित्र पर्दछ। यो पुर्बी नेपालको लोकप्रिय बनभोज स्थल पनि हो । यहाँ हजारौ मात्रामा पर्यटकहरू को घुइँचो लाग्ने गरेको छ । यहा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढी हुने गरेको पाईन्छ । चिया बगानको सोन्दर्यता सँगै घोडाचढीको मज्जा लिन कन्याममा अशोजको पहिलो सातादेखि पर्यटकको भिड लाग्ने गर्दछ ।
पुर्बी झापा,मोरङ,सुनसरीसँगै भारतको सिलिगुडी तथा कोलकोतालगायत क्षेत्रबाट समेत पर्यटकको भीड लाग्ने गरेको पाईन्छ । कम्तीमा ४६ वटा घोडाले पर्यटकहरूलाई घुमाईरहेको कन्यामको चिया वगानमा दशै , नयाबर्षमा पर्यटकहरू ह्वात्तै बढ्ने गरेको पाईन्छ । यहाँ कन्यामको चियाबगानको अवलोकन मात्र नभएर सुर्योदय सुर्यास्त,लोपन्मुख लेप्चा जातिको संस्कृति अवलोकन सम्म गर्न सकिन्छ । १२ महिना भरी नै पर्यटकहरूको भीड लाग्ने कन्याममा बिशेष गरेर अशोज महिना देखि पुष सम्म बढी मात्रामा आवतजावत भएको पाईन्छ । कन्याम अग्लो होचा डाडाँ काडाको लामो श्रृङ्खलामा अवस्थित अति सुन्दर थलो हो । त्यसो त त्यस्ता डाडा कति छन् कति तर कन्याम भन्नेबित्तिकै सबैको मुखमा चियाबगान भन्ने शब्दहरू खेलिरहेका हुन्छन्। चियाबगानकै कारण ति डाडा काडा मात्रै नभएर धेरैका लागी आयआर्जनको स्रोत पनि बनेको छ । कन्याम चियाबगानको बीचै बीच नागबेली भएर अघि बढ्ने मेची लोकमार्गले पनि कन्यामको सुन्दरता लाई अझ बढावा दिएको छ । कन्यामको बीच भागतिर पर्ने लभडाडा सडकभन्दा करिब १०० को मिटरमा पर्दछ । धेरै प्रेमील जोडिहरू आउने बस्ने ,रमाउने भएको कारण यस डाडालाई लभडाडोमा रूपमा नामाकरण गरिएको पाईन्छ । कन्यामभन्दा केही तल कान्छी पाथीभरा मन्दिर पनि रहेको छ । खास गरी पर्यटकहरू कन्याम घुम्ने भनेर आउछन्,रमाउछन् ,फोटो खिच्छन्,कोशेलीको रूपमा स्थानीय तहमा उत्पादित छुर्पी,ललिपप,ग्रीन टि,आदि लिएर जाने गरेको पाईन्छ । कन्याम त्यत्तिकै हरियाली छ । यहा अन्य सौन्दर्यताको आकर्षण दृश्यहरू बने झन् कन्यामलाई अझ बिश्वपरिवेशमा चितपरिचित गराई बिदेशी आयार्जनको बाटोलाई खोल्न सकिन्छ।।
मिति २०४५ साल चैत १९ गते बिहिबार साविक बुद्वशान्ती-४ बर्नेमा स्व. सन्त बहादुर लेप्चा र शान्ती कुमारी राई(लेप्चा) को महिलो छोराको रुपमा जन्मिनु भएको वाङ्गचु लेप्चा (सुमन) हाल स्थायी बसोबास बुद्वशान्ती-७, धारागोलामा बस्दै आउनु भएको छ । वहाँले २०६६ साल देखि निरन्तर कविता, कथा, मुक्तक, गजल, समाजिक लेख लागयत लेख्दै आउनु भएको छ । वहाँको "बालुवाको घर" प्रकाशित कथा संग्रह हो । वहाँलाई लेप्चा समुदायको प्रथम कथाकारको रुपमा चिनिन्छ । अहिले वहाँको शब्दमा नयाँ गीतको अडियो भिडियो सार्वजनिक भएको छ, उक्त भिडियोमा वहाँ आफैले अभिनय पनि गर्नु भएको छ । अहिले सो भिडियोले युट्युबमा राम्रै दर्शक पाई रहेको छ, यसै सन्दर्भमा म रजिन दुङ्गेलले वहाँसग लिएको अन्तर्वार्ताको केही अंशहरु । ✌ सर अहिले केमा व्यस्त हुनुहुन्छ? 🌹केमा भन्नू मोटरसाइकल दुर्घटना परेर बेड रेस्ट गरि रहेको छु, त्यही अहिले मेरो शब्दमा गीत सार्वजनिक भएको छ, त्यसैलाई फेसबुकमार्फत साथीभाईहरुलाई खुशी साट्दै बसि रहेको छु । ✌ तपाईलाई यो गीत कस्तो भयो जस्तो लाग्छ? 🌹यो प्रश्नको उत्तर मैले भन्नू भन्दा पनि दर्शकहरुले यो बिषयमा प्रतिक्रिया...
Comments
Post a Comment