Skip to main content

यो जिन्दगी बोलको गीतकारसँग रमाईलो कुराकानी

मिति २०४५ साल चैत १९ गते बिहिबार साविक बुद्वशान्ती-४ बर्नेमा स्व. सन्त बहादुर लेप्चा र शान्ती कुमारी राई(लेप्चा) को महिलो छोराको रुपमा जन्मिनु भएको वाङ्गचु लेप्चा (सुमन) हाल स्थायी बसोबास बुद्वशान्ती-७, धारागोलामा बस्दै आउनु भएको छ ।
वहाँले २०६६ साल देखि निरन्तर कविता, कथा, मुक्तक, गजल, समाजिक लेख लागयत लेख्दै आउनु भएको छ । वहाँको "बालुवाको घर" प्रकाशित कथा संग्रह हो । वहाँलाई लेप्चा समुदायको प्रथम कथाकारको रुपमा चिनिन्छ । अहिले वहाँको शब्दमा नयाँ गीतको अडियो भिडियो सार्वजनिक भएको छ, उक्त भिडियोमा वहाँ आफैले अभिनय पनि गर्नु भएको छ । अहिले सो भिडियोले युट्युबमा राम्रै दर्शक पाई रहेको छ, यसै सन्दर्भमा म रजिन दुङ्गेलले वहाँसग लिएको अन्तर्वार्ताको केही अंशहरु ।

✌ सर अहिले केमा व्यस्त हुनुहुन्छ?
🌹केमा भन्नू मोटरसाइकल दुर्घटना परेर बेड रेस्ट गरि रहेको छु, त्यही अहिले मेरो शब्दमा गीत सार्वजनिक भएको छ, त्यसैलाई फेसबुकमार्फत साथीभाईहरुलाई खुशी साट्दै बसि रहेको छु ।

✌ तपाईलाई यो गीत कस्तो भयो जस्तो लाग्छ?
🌹यो प्रश्नको उत्तर मैले भन्नू भन्दा पनि दर्शकहरुले यो बिषयमा प्रतिक्रिया दिएको राम्रो हो?
जसलाई पनि आफ्नो सन्तान राम्रो नै लाग्छ, समग्र भन्नू पर्दा गीत राम्रो नै बनेको जस्तो लाग्छ । हामी जस्तो नव अनुहारले उत्पादन गरेको गीतको भिडियोले पनि युट्युबमा राम्रो नै दर्शक पाई रहेको छ । क्यामेरामेन रोशन श्रेष्ठ, निर्देशक सन्तोस गुरुङ्ग, नायिका रेखा बहिनी, मोडल बिक्की दाइ अनि निरुता बहिनी लगायत पुरै टिमको कडा परिश्रमको फल हो यो।

✌ यो भिडियोमा आफैले अभिनय पनि गर्नु भएको छ? कस्तो अनुभव भयो त?
🌹हो मैले पनि यो भिडियोमा अभिनय गरेको छु । म सधै हासी रहने मान्छे, यो सधै हासी रहनेलाई अभिनय गर्दा गाह्रो हुदो रहेछ । त्यो बारी जोत्ने किसानलाई काम गर्न के गाह्रो हुन्छ, त्योभन्दा गाह्रो हुदो रहेछ अभिनय गर्न भन्ने कुराको मैले महसुस गरे । कलाकारहरुले किन धेरै रकमको डिमाण्ड गर्दो रहेछ्भन्ने कुरा अहिले आएर छलङ्गै भयो ।

✌ गीत निकै मर्मस्पर्शी छ? शब्दहरु कसरी संयोजन गर्नु भयो?
🌹म प्राय हिड्दा मोटरसाइकल प्रयोग गर्छु, एकदिन इलाम जानु पर्ने काम भयो । त्योबेला मैले ट्यक्सीमा यात्रा गरेको थिए । मलाई त्यो गुमाउरो बाटोमा यति धेरै गाह्रो भयो कि ट्याक्सी रोकिन्जेल बनायो । ट्याक्सी रोकेको ठाउँमा उत्रीएर हेर्दा त्यही अघि गाह्रो बनाएको बाटोहरु कति मनोरम देखिएको शब्दमा वर्णन गर्न नसकिने, त्यही बेला यसको टाइटल जुरेको हो । अरु शव्दहरु त्यो टाइटललाई जिवित राख्नको निमिक्त हामी सबैले भोगेको देखेको समाजमा भएको घटनाहरुलाई अरु अन्तरालमा थपेको हो ।
वास्तवमा यो गीतको मुल सन्देश भनेको यहाँ जसले जेसुकै गरोस अन्त्यमा मान्छे खुशी हुनुको लागि नै होभन्ने हो ।
यो गीत लेख्दा यतिको राम्रो होला जस्तो लागेको थिएन, मेरो हितैषी मित्र गायक तथा सङ्गीतकार दिपेन याक्थुम्बा, एरेन्जर टंक लिम्बू, गायक तारा लक्समको मिहिनेतको देन हो । वहाँहरुप्रती म धेरै आभार प्रकट गर्न चहान्छु ।

✌ अन्त्यमा के भन्नू हुन्छ?
🌹म सबैलाई धन्यवाद दिन चहान्छु । सबैले सल्लाह सुझाव सेयर गरि दिनु होला । जसले मभित्र साहित्य प्रती राखिएको झुकावलाई उत्प्रेरित गर्न सकोस, जुन कारणले मैले योभन्दा उत्कृष्ट रचनाहरु जन्म गर्न सकौ ।
फेरि पनि धन्यवाद सबैलाई अनि भाइ तिमिलाई पनि धेरै धन्यवाद अन्तर्वार्ताको लागि ।
यो जिन्दगी गीत भिडियोसहित

Comments

Popular posts from this blog

अपरिचित मायामा सफल

काठमाण्डौ को चिसो ,बिहानको प्यारो निन्द्रा अनि त्यसमाथि मोबाएलमा बजेको एकोहोरो घण्टी गरल्याम्म सिरकले थिचेको म तातोको स्पर्श अनि चार्जमा राखेको मोबाएल ,फोनलाई रिसिभ गर्नै मन लागेन तर निरन्तरताको फोनको घण्टीले मलाई झस्क्याईदियो के थाहा इमरजेन्सी कल पनि त हुन सक्थ्यो । शरीर उठ्न मानिरहेको थिएन तर त्यतिक्कै सुतिराख्न पनि त मनासिब थिएन। जुरुक्क उठे थरथर काम्दै फोन रिसिभ गरे तर नम्बर अनौठो थियो ,बिलकुल नया थियो यानकि मैले कहिले नदेखेको नम्बर,रिसिभ गर्नासाथ फोन काटियो फेरी मोबाएल चार्जमै छोडिदिए बिस्तारामा पल्टिए त्यसको केही मिनेट पछाडि फेरी फोन बज्यो उही नम्बर,उही समस्या रिसिभ गर्नासाथ फोन काटिने ।।। बाक्क् लाग्यो मोबाएल चार्जबाट झिकेर आफ्नो साथमै राखे तर त्यसपछिको केही समयमा मेसेज आयो मेसेजमा लेखिएको थियो "हाई मेन आ एम यु वर फ्रेण्ड माया" म अलमल्लमा परे यसकारण कि मेरो कुनै साथीहरूको नाम माया थिएन मैले त्यसैबखत रिप्लाई दिने जमर्को गरे  '' मलाई यो माया,दया,प्रेम हेनतेन भनेर मेसेज नपठाउनुहोला''। म कसैलाई चिन्दिन अनि अर्को कुरा मेरो माया नामको कुनै केटी मेरो साथी छ...

डिप्रेसनले निम्ताएको आत्महत्याबाट बच्ने उपाय लेखक:वाङ्चु लेप्चा(सुमन)

आत्महत्या भनेको आफैले आफैलाई मार्नु हो । मनोबैज्ञानिकहरु भन्छन आत्महत्या नकारात्मक सोचको उपज हो । आत्महत्या गर्नुको अनेक कारणहरु हुन्छन । मान्छेहरुले परि आएको अनेक ...