कति खोजे देश मैले बोकी मान चित्र
आखिरमा देश पाए आफ्नै छातीभित्र
देश हेर्न हिमाल,पहाड,तराई सबै धाएँ
बुझ्दा खेरी आफ्नो देश आफैसित पाए।
जुनदिन छातीभित्र देश मैले भेटे
डाडाकाडा जताततै देशै देश देखेँ
मेची ,कोसी ,सेती कर्णाली का तिर
आफ्नै रगत बगेजस्तो आफ्नै मुटुतिर।।
पहाड,मधेस,हिमाल सबै मेरै घरबार
सबै जाती सबै वर्ग मेरै परिवार
नेपालीको आँशु पुछ देशले मलाई भन्छ
नेपालीलाई बिर्से भने कसले मलाई गन्छ।।।
आखिरमा देश पाए आफ्नै छातीभित्र
देश हेर्न हिमाल,पहाड,तराई सबै धाएँ
बुझ्दा खेरी आफ्नो देश आफैसित पाए।
जुनदिन छातीभित्र देश मैले भेटे
डाडाकाडा जताततै देशै देश देखेँ
मेची ,कोसी ,सेती कर्णाली का तिर
आफ्नै रगत बगेजस्तो आफ्नै मुटुतिर।।
पहाड,मधेस,हिमाल सबै मेरै घरबार
सबै जाती सबै वर्ग मेरै परिवार
नेपालीको आँशु पुछ देशले मलाई भन्छ
नेपालीलाई बिर्से भने कसले मलाई गन्छ।।।

Comments
Post a Comment