काठमाण्डौ को चिसो ,बिहानको प्यारो निन्द्रा अनि त्यसमाथि मोबाएलमा बजेको एकोहोरो घण्टी गरल्याम्म सिरकले थिचेको म तातोको स्पर्श अनि चार्जमा राखेको मोबाएल ,फोनलाई रिसिभ गर्नै मन लागेन तर निरन्तरताको फोनको घण्टीले मलाई झस्क्याईदियो के थाहा इमरजेन्सी कल पनि त हुन सक्थ्यो । शरीर उठ्न मानिरहेको थिएन तर त्यतिक्कै सुतिराख्न पनि त मनासिब थिएन। जुरुक्क उठे थरथर काम्दै फोन रिसिभ गरे तर नम्बर अनौठो थियो ,बिलकुल नया थियो यानकि मैले कहिले नदेखेको नम्बर,रिसिभ गर्नासाथ फोन काटियो फेरी मोबाएल चार्जमै छोडिदिए बिस्तारामा पल्टिए त्यसको केही मिनेट पछाडि फेरी फोन बज्यो उही नम्बर,उही समस्या रिसिभ गर्नासाथ फोन काटिने ।।। बाक्क् लाग्यो मोबाएल चार्जबाट झिकेर आफ्नो साथमै राखे तर त्यसपछिको केही समयमा मेसेज आयो मेसेजमा लेखिएको थियो "हाई मेन आ एम यु वर फ्रेण्ड माया" म अलमल्लमा परे यसकारण कि मेरो कुनै साथीहरूको नाम माया थिएन मैले त्यसैबखत रिप्लाई दिने जमर्को गरे '' मलाई यो माया,दया,प्रेम हेनतेन भनेर मेसेज नपठाउनुहोला''। म कसैलाई चिन्दिन अनि अर्को कुरा मेरो माया नामको कुनै केटी मेरो साथी छ...