रजिन ढुङ्गेल:
नेपाली आधुनिक/सुगम सँगित,गजल गायन र पार्श्व गायनमा ख्याती कमाईसकेका सालिन स्वभाव र सुमधुर आवाजका धनी गायक: जगदिश समालले यो पटक भने आफ्नो धारभन्दा अलि फरक शैलीको रमाईलो नृत्यपरक गिती भिडियो "बाडुली" सार्बजनिक गरेका छन् । "बाडुलीमा" डि.पी. खनालका ठेट नेपाली शब्दहरुलाई धनु ज्ञाङ्मी ले सँगित भरेका छन् भने उदयराज पौडेल ले सँगित सँयोजन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित कोरियोग्राफर/मोडेल/नायक: सुनिल क्षेत्री र नायिका तथा डान्सर मोडेल: अलिशा सर्माको भिन्नाभिन्नै ५ वटा चरित्रमा रमाइलो नृत्यका साथमा जोडदार अभिनय हेर्न पाईन्छ। टँक केसी को छाँयाकन रहेको यो भिडियोमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने निरमायालाई सुनिल क्षेत्री स्वयंलेनै कोरियोग्राफी र निर्देशन गरेका छन् । गायक जगदिश समालको प्रस्तुतीमा रहेको "बाडुली" लाई डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ। हेर्नुस् भिडियो
मिति २०४५ साल चैत १९ गते बिहिबार साविक बुद्वशान्ती-४ बर्नेमा स्व. सन्त बहादुर लेप्चा र शान्ती कुमारी राई(लेप्चा) को महिलो छोराको रुपमा जन्मिनु भएको वाङ्गचु लेप्चा (सुमन) हाल स्थायी बसोबास बुद्वशान्ती-७, धारागोलामा बस्दै आउनु भएको छ । वहाँले २०६६ साल देखि निरन्तर कविता, कथा, मुक्तक, गजल, समाजिक लेख लागयत लेख्दै आउनु भएको छ । वहाँको "बालुवाको घर" प्रकाशित कथा संग्रह हो । वहाँलाई लेप्चा समुदायको प्रथम कथाकारको रुपमा चिनिन्छ । अहिले वहाँको शब्दमा नयाँ गीतको अडियो भिडियो सार्वजनिक भएको छ, उक्त भिडियोमा वहाँ आफैले अभिनय पनि गर्नु भएको छ । अहिले सो भिडियोले युट्युबमा राम्रै दर्शक पाई रहेको छ, यसै सन्दर्भमा म रजिन दुङ्गेलले वहाँसग लिएको अन्तर्वार्ताको केही अंशहरु । ✌ सर अहिले केमा व्यस्त हुनुहुन्छ? 🌹केमा भन्नू मोटरसाइकल दुर्घटना परेर बेड रेस्ट गरि रहेको छु, त्यही अहिले मेरो शब्दमा गीत सार्वजनिक भएको छ, त्यसैलाई फेसबुकमार्फत साथीभाईहरुलाई खुशी साट्दै बसि रहेको छु । ✌ तपाईलाई यो गीत कस्तो भयो जस्तो लाग्छ? 🌹यो प्रश्नको उत्तर मैले भन्नू भन्दा पनि दर्शकहरुले यो बिषयमा प्रतिक्रिया...
Comments
Post a Comment