Skip to main content

Posts

Showing posts from October, 2018

फेसबुकको माया के माया (कबि: रजिन ढुङ्गेल)

        कबिता             (कवि: रजिन ढुङ्गेल) फेसबुकको माया के माया माया त यस्तो होस् लुकेर एकअर्काको भेट होस् भेट हुने ठाउको छेउमा गेट होस् दुईमा एकको आउन लेट होस् मायाले दुईबिच घम्साघम्सी परोस् मायाले कहिलेकाही मुटु जलाओस् तर एकैछिनमा माया पलाओस् भेट्दा डराएर हेर्नु परोस् दायाँ बायाँ फेसबुकको माया के माया। दुईबिच अलि अलि डर होस् तर धेरै भर होस् कतैबाट साईनो नलाग्ने थर होस् भबिष्यमा सपनाहरू पुरा गर्ने आश होस् एकअर्कामा धेरै बिश्वास होस् माया त होस् न त्यस्तो अतित र साया फेसबुकको माया के माया ।। सानो कुरालाई बुझ्ने होस् संस्कारी ढुङ्गा पुझ्ने होस् साना कुराहरू पचाउने होस् मायालाई दिगो बचाउने होस् अलि अलि लजाउने होस् हिड्दा हात समाउने होस् बन्नुपरोस् एकअर्काको हामी छायाँ फेसबुकको माया के माया।।।