Skip to main content

बिहान उठेर पढ्नै सक्दिन के गर्ने???? ( अवश्य पढ्नुहाेस्)



तपाइलाइ याे चिसाे माैसममा बिहान उठ्न मन लाग्दैन ,अलार्म बार बार बजिरहेकाे हुन्छ तर तपाइलाइ सिरककाे  ताताे तापले बेस्मरी अंगालाे हालिरहेकाे हुन्छ अलार्मलाइ स्टप गर्दै तपाइ ताताे तापकाे स्पर्शमै रमाउनुहुन्छ कति काे त माेबाएल नै साइलेन्टमा राखेर सुत्ने पनि बानी हुन्छ अलार्मले दिइरहेकाे सन्देश बुझ्न सक्नहुन्न  त्यसै त हामी अक्सर अल्छी छाै । अल्छी भएकै कारण तपाइ केही मा सफलता पाउनुहुन्न सफलतै पाउनुहुन्न भनेकाे हैन तर अरूकाे तुलनामा कम भन्न खाेजेकाे, याद गर्नु त तपाइ सानाे छदा बाबा अामाले बिहानै उठेर पढ छाेरा पढ किन भन्नुहुन्थाे ? तपाइ बाबा अामा सँगै रिसाउनुहुन्थाे ह्या कति किच किच गरेकाे मलाइ थाहा छैन कति खेर उठेर पढ्नुपर्छ ? यही कुरामा कतिकाे त बाअामा सँग झगडा नै पर्याे हाेला ,हामी समयलाइ बुझ्न सक्दैनाै अनि पछुताउनु सिबाए केही हुदैन हामिसँग,
हामी कतिलाइ त भाेलिबादले जराे नै गाडीसकेकाे हुन्छ अा अाज के पढ्नु भाेलि चाहिँ बिहानै उठेर पढ्छु, तपाइकाे याे भाेलिबादकाे निरन्तरताले तपाइलाइ नै डसिरहेकाे हुन्छ तर हामि बुझ्दैनाै,किन कि हामी दुख नै गर्न चाहदैनाै हामि संघर्ष नै गर्न चाहदैनाै,हामिलाइ त  बिहान भरी सुत्न मन लाग्छ ,नया नया कपडा लाउन मन लाग्छ,धेरै लामाे समयसम्म घुम्न मन लाग्छ,तपाइ समयलाइ वास्ता गर्नुहुन्न तर समय कति छिटाे  बितिसकेकाे हुन्छ परीक्षा नजिकिसकेकाे हुन्छ अनि हतार हतार गरेर एक बर्षभरीकाे काेर्ष भ्याउन खाेज्नुहुन्छ तपाइ लाइ पढेकाे कुरा अाइरहेकाे हुदैन अनि तपाइले राम्राे अंक ल्याउन सक्नुहुन्न, अनि तपाइलाइ पश्चाताप हुन्छ कि थुक्क अलार्म बज्नेबित्तिक्कै उठेर पढेकाे भए अलिकति दुख गरेकाे भए म साथीलाइ जित्न सक्थे ।। हामी अाफु दुख नगर्ने तर अरूकाे प्रगति चाहिँ देखी नसहने प्रबृतिका छाै यस्तै कारणले हामी बिस्तारै पछाडितिर धकेल्लीरहेका हुन्छाै।। तपाइ काे कुनै बिषयमा दागी लागेकाे छ भने सम्झिनुस मैले केही दुख नै गरेकाे रहिनरछु त्यसैले अाफुले जति गरे त्यति मात्र फल पाए।। हामीले जति दुख गर्छाै नी फल त्यही अनुसारकै पाउछाै तर हामी त भाग्यमा नै रहेनछ भनेर हरेक अप्ठ्याराेबाट पन्छिन खाेज्छाै , त्यस्ताे बानी छ भने हटाइदिनुस, बिहान काे समयलाइ पालना गर्याै भने र दिनमा फिल्म हेर्ने माेजमस्ती गर्ने समय बिसयबस्तुलाइ दिनुभयाे भने तपाइ ले पछाडि फर्केर कहिले हेर्नु पर्दैन ।। मेराे पनि यही बानी थियाे तर मैले याे बानीलाइ सुधारे बिहान छिटै उठ्न थालेदेखि परिक्षाकाे समयमा मैले कहिले तनाब लिनु परेन ।। हरेक पाेइन्टहरूलाइ गीत अथबा सुत्र बनाएर पढ्न थाले ।। अलार्मकाे सन्देशलाइ बुझ्न थाले , त्यसैले म अहिले ४ बजे उठ्नु छ भने ३ बजेकाे अलार्म लगाउछु र ४ बजे उठिनै सकेकाे हुन्छु।। रूटिन बनाएर पढ्छु बिचमा मनाेरन्जनका लागि समय छुट्याउछु जसले गर्दा हरेक कुरा हरू सहज बन्दै गए जसले गर्दा अहिले सम्म पनि पढ्न सहज भइरहेकाे छ ।। एकपटक मनन गर्नुस अनि तपाइ अाफुले अाफुलाइ पढाउनुस यसबाट तपाइले नया जिवन पाउनुहुन्छ।।

Comments

Popular posts from this blog

यो जिन्दगी बोलको गीतकारसँग रमाईलो कुराकानी

मिति २०४५ साल चैत १९ गते बिहिबार साविक बुद्वशान्ती-४ बर्नेमा स्व. सन्त बहादुर लेप्चा र शान्ती कुमारी राई(लेप्चा) को महिलो छोराको रुपमा जन्मिनु भएको वाङ्गचु लेप्चा (सुमन) हाल स्थायी बसोबास बुद्वशान्ती-७, धारागोलामा बस्दै आउनु भएको छ । वहाँले २०६६ साल देखि निरन्तर कविता, कथा, मुक्तक, गजल, समाजिक लेख लागयत लेख्दै आउनु भएको छ । वहाँको "बालुवाको घर" प्रकाशित कथा संग्रह हो । वहाँलाई लेप्चा समुदायको प्रथम कथाकारको रुपमा चिनिन्छ । अहिले वहाँको शब्दमा नयाँ गीतको अडियो भिडियो सार्वजनिक भएको छ, उक्त भिडियोमा वहाँ आफैले अभिनय पनि गर्नु भएको छ । अहिले सो भिडियोले युट्युबमा राम्रै दर्शक पाई रहेको छ, यसै सन्दर्भमा म रजिन दुङ्गेलले वहाँसग लिएको अन्तर्वार्ताको केही अंशहरु । ✌ सर अहिले केमा व्यस्त हुनुहुन्छ? 🌹केमा भन्नू मोटरसाइकल दुर्घटना परेर बेड रेस्ट गरि रहेको छु, त्यही अहिले मेरो शब्दमा गीत सार्वजनिक भएको छ, त्यसैलाई फेसबुकमार्फत साथीभाईहरुलाई खुशी साट्दै बसि रहेको छु । ✌ तपाईलाई यो गीत कस्तो भयो जस्तो लाग्छ? 🌹यो प्रश्नको उत्तर मैले भन्नू भन्दा पनि दर्शकहरुले यो बिषयमा प्रतिक्रिया...

अपरिचित मायामा सफल

काठमाण्डौ को चिसो ,बिहानको प्यारो निन्द्रा अनि त्यसमाथि मोबाएलमा बजेको एकोहोरो घण्टी गरल्याम्म सिरकले थिचेको म तातोको स्पर्श अनि चार्जमा राखेको मोबाएल ,फोनलाई रिसिभ गर्नै मन लागेन तर निरन्तरताको फोनको घण्टीले मलाई झस्क्याईदियो के थाहा इमरजेन्सी कल पनि त हुन सक्थ्यो । शरीर उठ्न मानिरहेको थिएन तर त्यतिक्कै सुतिराख्न पनि त मनासिब थिएन। जुरुक्क उठे थरथर काम्दै फोन रिसिभ गरे तर नम्बर अनौठो थियो ,बिलकुल नया थियो यानकि मैले कहिले नदेखेको नम्बर,रिसिभ गर्नासाथ फोन काटियो फेरी मोबाएल चार्जमै छोडिदिए बिस्तारामा पल्टिए त्यसको केही मिनेट पछाडि फेरी फोन बज्यो उही नम्बर,उही समस्या रिसिभ गर्नासाथ फोन काटिने ।।। बाक्क् लाग्यो मोबाएल चार्जबाट झिकेर आफ्नो साथमै राखे तर त्यसपछिको केही समयमा मेसेज आयो मेसेजमा लेखिएको थियो "हाई मेन आ एम यु वर फ्रेण्ड माया" म अलमल्लमा परे यसकारण कि मेरो कुनै साथीहरूको नाम माया थिएन मैले त्यसैबखत रिप्लाई दिने जमर्को गरे  '' मलाई यो माया,दया,प्रेम हेनतेन भनेर मेसेज नपठाउनुहोला''। म कसैलाई चिन्दिन अनि अर्को कुरा मेरो माया नामको कुनै केटी मेरो साथी छ...

डिप्रेसनले निम्ताएको आत्महत्याबाट बच्ने उपाय लेखक:वाङ्चु लेप्चा(सुमन)

आत्महत्या भनेको आफैले आफैलाई मार्नु हो । मनोबैज्ञानिकहरु भन्छन आत्महत्या नकारात्मक सोचको उपज हो । आत्महत्या गर्नुको अनेक कारणहरु हुन्छन । मान्छेहरुले परि आएको अनेक ...