Skip to main content

अपरिचित मायामा सफल

काठमाण्डौ को चिसो ,बिहानको प्यारो निन्द्रा अनि त्यसमाथि मोबाएलमा बजेको एकोहोरो घण्टी गरल्याम्म सिरकले थिचेको म तातोको स्पर्श अनि चार्जमा राखेको मोबाएल ,फोनलाई रिसिभ गर्नै मन लागेन तर निरन्तरताको फोनको घण्टीले मलाई झस्क्याईदियो के थाहा इमरजेन्सी कल पनि त हुन सक्थ्यो । शरीर उठ्न मानिरहेको थिएन तर त्यतिक्कै सुतिराख्न पनि त मनासिब थिएन। जुरुक्क उठे थरथर काम्दै फोन रिसिभ गरे तर नम्बर अनौठो थियो ,बिलकुल नया थियो यानकि मैले कहिले नदेखेको नम्बर,रिसिभ गर्नासाथ फोन काटियो फेरी मोबाएल चार्जमै छोडिदिए बिस्तारामा पल्टिए त्यसको केही मिनेट पछाडि फेरी फोन बज्यो उही नम्बर,उही समस्या रिसिभ गर्नासाथ फोन काटिने ।।।
बाक्क् लाग्यो मोबाएल चार्जबाट झिकेर आफ्नो साथमै राखे तर त्यसपछिको केही समयमा मेसेज आयो मेसेजमा लेखिएको थियो "हाई मेन आ एम यु वर फ्रेण्ड माया"
म अलमल्लमा परे यसकारण कि मेरो कुनै साथीहरूको नाम माया थिएन मैले त्यसैबखत रिप्लाई दिने जमर्को गरे 
'' मलाई यो माया,दया,प्रेम हेनतेन भनेर मेसेज नपठाउनुहोला''। म कसैलाई चिन्दिन अनि अर्को कुरा मेरो माया नामको कुनै केटी मेरो साथी छैन मेसेज सेन्ड हुनासाथ उताबाट एउटा मेसेज आयो ।।
      ---तपाईसँग म समय मिलाएर फोनमै कुरा गर्नेछु तपाईको निद खराब गरिदिए सरी ,,,
त्यस पछाडि मैले मेसेज रिप्लाई गरिन त्यतिकै निदाएछु ।
भोलिपल्ट बिहानै क्लास गए बिहानभरी क्लासमै ब्यस्त म १० बजे क्लास को समाप्तिपछि घर फर्किदै थिए ।। बीचबाटोमा फोन बज्यो त्यही नम्बर थियो जुन राती मायाले मेसेज पठाएकी थिई ।। फोन रिसिभ गरे रिसिभ गर्नासाथ माया भन्दै थिई हिजोको लागि सरी,मेरो नियत तपाईलाई डिस्टर्भ गर्नु थिएन तपाईसँग कुरा गर्छु भनेरै कल गरेको थिए तर बोल्न आटै आएन त्यसैले फोन काट्या हु नरिसाउनु न ल  माया माफीको लायक बन्न खोजिराथी मैले ओके भनेर मायालाई प्रश्नहरू गर्न थाले ।।
तपाईको घर कहा हो?
के गर्नुहुन्छ?कसरी चिन्नुभयो मलाई??अनि अर्को कुरा मेरो नम्बर चाँहि कहाबाट पाउनुभयो??
लाग्दैथ्यो प्रश्न सोध्न नपाउदै उत्तर भन्न तयार भईसकी माया हतार हतार म ब्याचलर दोस्रो बर्ष पढ्दैछु मेरो घर चाँहि धनकुटा म मेनेजमेन्टको बिध्यार्थी हु ।
तपाईको नम्बर त रोमियो ले देको हो ।
छक्क परे रोमियो त मेरो कलेजको साथी थियो ।।
सोधिहाले तपाई रोमियोलाई कसरी चिन्नुहुन्छ??
भन्न थाली रोमियो तपाईको जस्तै मेरो पनि साथी हो रोमियोले तपाईको बारेमा सबै कुराहरू सुनाउथ्यो । रोमियो र म सानैदेखिको साथी हौ रोमियोले तपाईको नाम भनेको थियो अनि नम्बर पनि दिएको थियो । तपाईलाई फेसबुकमा सर्च गरेर हेर्थे तर रिकोईस्ट पठाउन आटै आएन तर तपाईका नयाँ नयाँ अपडेटहरू पढिरहेको हुन्थे म तपाईका साहित्यहरू,भावनाहरू,लेखाईहरू सबै मैले हेरेको पढेको छु । रोमियोले तपाईको बारेमा भन्दा खेरी खुसीले गद् गद् हुन्थे म मलाई साहित्यिक मान्छे एकदम धेरै मन पर्छ । साहित्यिक मान्छेहरू मनको सफा कोमल हुन्छन् रे सुनेकी हु तर भोगेकी छैन ।।
   तपाईको बारेमा पनि भन्नुहोस् न मिल्छ भने?
कसरी आउछन् शब्दहरू जुन शब्दहरू लाई निहालेर हेर्दा पढ्दा आफैलाई परेजस्तो आफ्नै कथाजस्तो फिल कसरी दिलाउनुहुन्छ??
 माया जी जिन्दगी सोचेजस्तो,खोजेजस्तो कहिल्यै हुदैन बिगतका चाहनाहरू,बर्तमानका चाहनाहरू र भबिष्यका चाहनाहरू नै अलग बनाईदिन्छ यही जिन्दगीले ।
जब जब मनमा अनेकौ ब्यथाहरू,पिडाहरू गुम्सन थाल्छन् त्यसलाई सुनाउने ,त्यसलाई प्रसफुटन गर्ने मेरो एउटा साथी भनेकै कलम अनि शब्दहरू हुन् ।म मेरो शब्दहरूलाई प्रेम गर्छु । म मेरो भावनाहरूलाई माया गर्छु । यिनीहरू बहुआयामिक  अनि  अमर छन् । न त धोका दिन्छन् नत दुःख दिन्छन् ।।
शब्दहरूले अनि कलमहरूले प्रेम गर्न थालेका छन् मलाई यसकै विश्वास लाग्छ त्यसैलाई यसलाई छोड्न मन लाग्दैन ।।
माया ले प्रश्न तेर स्याई
तपाईले कसैबाट धोका खानुभयो जीवनमा??
तपाईको प्रश्नहरू सुन्दा आशुहरू नयनबाट फुत्किन खोज्छन् तर म कमजोर बन्न चाहन्न माया जी चोखो माया गर्नेले पो दिएको धोकालाई धोका भन्छ हैन र?
माया नगर्ने ले दिएको धोकालाई के धोका भन्नु ,मलाई यो माया प्रेममा मिस्सिएको स्वार्थता देख्दा यसप्रति खासै वास्ता लाग्दैन अचेल माया गर्नेहरूले केही स्वार्थ पक्कै बोकेकै हुन्छन् त्यो मलाई पिटिक्कै मन पर्दैन ।
रङरूपको माया,धनको माया केही तत्कालै पाउने कुराहरूले जोडिएको माया यो माया हैन यो त एट्रेक्सन मात्र हो नी चोखो माया मा त बिश्वास सुःख दुःख मा साथ सहयोग सबै मिस्सिएको हुन्छन् नी हैन र?
यति भनिरहदा मायाबाट कुनै रिप्लाई आईरहेका थिएनन् अनि फेरी मैले बोलाउने जमर्को गरे ।।
किन मौन हुनु भा? ,मेरो कुरा हजुरलाई मन परेन??
हैन तपाईको कुरा सकारात्मक छ तपाईसँग म अनलाईनमा जोडिन सक्छु?? हुन्छ माया जी मलाई रिकोईस्ट सेन्ट हुदैन म तपाईलाई रिकोईस्ट गर्छु आईडी भन्नुस् त ।।।
मेरो आईडी माया पौडेल हो । फोटो रातो कुर्थासुरूवाल लगाएको कपाल बाधेको अनि रातो फुललाई समातिरहेको छ त्यही हेरेर पठाउनुहोला है अहिले म फोन राख्छु मिलेको बेला तपाईसँग अनलाईनमा कुरा गर्छु अन्यथा नसम्झनुहोला एउटा मित्रता सम्झनुहोला भन्दै फोन काटियो ।।
त्यतिकै मा म पनि रूम आईपुगे ड्रेस चेन्ज गरेर खाना पकाई  बनाई गरी खाना खाईसकेर फेसबुकमा मायालाई साथी हुन अनुरोध पठाए । त्यस पछाडि दिनभरी म आफ्नै कामले ब्यस्त भए ।। exam आउन लागेको थियो त्यसकै तयारी गर्न थाले केही समय फेसबुकबाट टाढा रहने बिचारका साथ डिएक्टिभ गरे फोन अफ गरे त्यसै त्यसै दिनहरू बित्दै थिए ।।
एकदिन घरमा सार्है फोन गर्न मन लाग्यो कुरा नगरेको पनि धेरै भएको थियो मोबाएल अन गरे घरमा फोन गरे बुबा ममी हजुरबुबा सबैसँग मजाले कुरा गरे खुसी लाग्यो बुबा पनि मेरो बारेमा सोध्दै हुनुहुन्थ्यो मैले भन्दै थिए ।। बिचरा बाबा आमा सपनाहरू हजार देखेर पढ्न पठाउनुहुन्छ जुन सपना पुरा गर्न नसक्दा कस्तो हुदोहो? त्यही सोच्न थाले एकमनले तर अर्को मनले सपना एकदिन पुरा गर्नेछु भन्ने भयो।
यस्तै यस्तै दिन बित्यो अनि रातले दिनलाई पुरै छोपिदियो ।। रात्रीको समय खाना खाईसकेर टेबलमा बसेर पढिरहेको थिए फोन आयो नम्बर मायाकै थियो । रिसिभ गर्नासाथ सक्नुहुन्छ,भ्याउनुहुन्छ भने एकैछिन अनलाईनमा आजमात्र भएपनि आउनुन प्लिज? मायाको अनुरोधलाई अस्वीकार गर्न मन लागेन मायाले भने जसरी नै अनलाईनमा गए ।त्यतिबेलासम्म उसले धेरै मेसेज पठाईसकेकी थिई  फेसबुकमा तपाई भनेर बोलिरहदा म तपाई भन्दा सानु हु मलाई तिमी भन्नु है भन्ने रिप्लाई पछि तिमी भनेर बोल्न थाले ।।
मेसेजहरू क्रमश; तपाईले किन फेसबुक डिएक्टिभ गर्नुभा?
मोबाएल किन अफ?
मैले गर्दा हजुरलाई समस्या त भएननी ??
माया को प्रश्नहरूलाई मेरो बृतान्त सुनाएर छरलङ्ग बनाईदिए अनि भन्दै थिई "Best of luck your coming future".
मायाले मलाई सबैकुराहरू सोधिरहदा उसबाट पनि केही उत्तरहरूको आशा राखे अनि प्रश्न गर्न पछि हटिन ।
तिमी पहिला कसैसँग प्रेम सम्बन्धमा थियौ?कि अहिले पनि छौ?
मायाले रोएको स्टिकर पठाउदै तपाईलाई म फोन मा सब भन्छु एकैछिन भन्दै फोन गर्छे ।।
अनि उसको कथा सुरु गर्छे ।

हो म कसैसँग आजभन्दा ३बर्ष अगाडि सम्म प्रेम मा थिए । उसको नाम सफल थियो । हामी दुईको एउटै सपना थियो । हरेक दिन यस्तो गर्ने ,उस्तो गर्ने भन्दै सपना बाट्थेउ, म भित्र कयौ कमजोरीहरू थिए होला त्यो सफल लाई नै थाहा भयो होला तर उसले मलाई स्वीकार गरेको थियो मलाई हरेक दिन खुसी मात्र राख्न चाहन्थ्यो मेरो मन फुरुक्क थियो सफल जस्तो साथी पाएर । सफलको पढाई मेरो भन्दा अलिकति बढी थियो म ११ मा पढ्दा सफल ब्याचलर पहिलो बर्षमा पढ्थ्यो । उसको पढाई पनि एकदम राम्रो थियो ।हामी दुईले एक अर्कालाई एकदमै बढी माया गर्थ्यौ । तर सफल अलिक लजालु थियो । सफलले मलाई धेरै को स्वर निहालेर होस् वा गीत वा मुक्तक भनेर मलाई हसाएकै हुन्थ्यो म सब भुल्थे त्यतिबेला म पनि सफलबाट झन् माया पाउन कहिले त्यतिकै नाटक गर्थे कहिले घुर्क्याउथे कहिले के के भनेर सताईरहन्थे तर सफल कहिले रिसाउदैनथ्यो बरू मैले गरेको गल्तीलाई पनि उ पो माफी माग्थ्यो मलाई फकाईरहन्थ्यो । हाम्रो सम्बन्ध चल्दै थियो । म पनि पढ्दै थिए बिस्तारै समय बित्दै गयो सफलको घरमा बिहेको कुरा चलेको कुरा सफलले मलाई सुनायो अनि अब हामी बिहे गर्नुपर्छ है माया भनेर हरेक दिन भन्थ्यो ।। तर मलाई एउटा कुराले चिन्ता दिदै थियो । म त क्षेत्रीको छोरी सफल त बाहुनको उसको परिवारले मलाई स्वीकार्नुहोला र ?? रातभरी निदाउन सकिन यस्तै कुराहरू मनमा खेलिरहे कत्ति रोएको पनि थिए ।।
सफलले बिहान मलाई कल गर्यो अनि म बुबा ममीलाई भन्छु है माया अनि त हामी खुसी नी सधैभरी भनेर खुसीब्यक्त गरेको थियो ।।
समय बित्दै गयो सफलले घरमा सुनाएछ तर ममी बबाले मान्नुभएन छ सफलले रूदै फोन गरेको थियो ।। अनि मलाई भागौ हामी प्रताव पनि राखेको थियो ।। तर म त घरकी एक्ली छोरी बाबा ममी मान्छे भेला भएको बेला सुनाउनुहुन्थ्यो हाम्री एउटी छोरीको बिहे धुमधाम सँगले गरिदिने हो ।। यो कुराहरूलाई सम्झे म भाग्दिन सफल भनेर उसलाई सरी भनिदिए ।। सफलले मेरो लागि सबै कुराहरू त्याग गर्दा मैले उसको लागि केही गर्न सकिन आज मलाई पश्चाताप लागेको छ ।। तर सफल आज अरू नै कोही सँग छ सफललाई मेरो आईडी थाहा छैन तर मैले अरूकै आईडीबाट उसलाई निहालिरहेको हुन्छ ।। म त अचेल भगवानसँग एउटै कुरा माग्न थालेकी छु कि सफलको पाईला पाईलामा सफलता मिलोस् ।।।।
मायाको  सुक्क सुक्क रोएको आवाजले मलाई पनि रुवाईदियो अनि मायाले कुरा अगाडि बढाउनै सकिन त्यतिकै फोन काटी दिई ।।
उसँग अरू कुरा बुझ्ने प्रयास गरे तर मायाको मोबाएल कहिले अन भएन ।।
यस्तै हो जिन्दगी माया सबको जिवनमा हावा बनेर उडेर आउछ अनि छाप छोड्छ रुवाउछ अनी जसरी आएको त्यसरी नै जान्छ । आज उसको केही अत्तो पत्तो छैन ।।
               लेखक:पूर्बेली रजिन ढुङ्गेल

काल्पनिक कथा हुन् क्रिपया पढेर कस्तो लाग्यो भनिदिनुहोला ।।।

तपाईहरूको प्रतिक्रिया ।।

  


Comments

Popular posts from this blog

यो जिन्दगी बोलको गीतकारसँग रमाईलो कुराकानी

मिति २०४५ साल चैत १९ गते बिहिबार साविक बुद्वशान्ती-४ बर्नेमा स्व. सन्त बहादुर लेप्चा र शान्ती कुमारी राई(लेप्चा) को महिलो छोराको रुपमा जन्मिनु भएको वाङ्गचु लेप्चा (सुमन) हाल स्थायी बसोबास बुद्वशान्ती-७, धारागोलामा बस्दै आउनु भएको छ । वहाँले २०६६ साल देखि निरन्तर कविता, कथा, मुक्तक, गजल, समाजिक लेख लागयत लेख्दै आउनु भएको छ । वहाँको "बालुवाको घर" प्रकाशित कथा संग्रह हो । वहाँलाई लेप्चा समुदायको प्रथम कथाकारको रुपमा चिनिन्छ । अहिले वहाँको शब्दमा नयाँ गीतको अडियो भिडियो सार्वजनिक भएको छ, उक्त भिडियोमा वहाँ आफैले अभिनय पनि गर्नु भएको छ । अहिले सो भिडियोले युट्युबमा राम्रै दर्शक पाई रहेको छ, यसै सन्दर्भमा म रजिन दुङ्गेलले वहाँसग लिएको अन्तर्वार्ताको केही अंशहरु । ✌ सर अहिले केमा व्यस्त हुनुहुन्छ? 🌹केमा भन्नू मोटरसाइकल दुर्घटना परेर बेड रेस्ट गरि रहेको छु, त्यही अहिले मेरो शब्दमा गीत सार्वजनिक भएको छ, त्यसैलाई फेसबुकमार्फत साथीभाईहरुलाई खुशी साट्दै बसि रहेको छु । ✌ तपाईलाई यो गीत कस्तो भयो जस्तो लाग्छ? 🌹यो प्रश्नको उत्तर मैले भन्नू भन्दा पनि दर्शकहरुले यो बिषयमा प्रतिक्रिया...

डिप्रेसनले निम्ताएको आत्महत्याबाट बच्ने उपाय लेखक:वाङ्चु लेप्चा(सुमन)

आत्महत्या भनेको आफैले आफैलाई मार्नु हो । मनोबैज्ञानिकहरु भन्छन आत्महत्या नकारात्मक सोचको उपज हो । आत्महत्या गर्नुको अनेक कारणहरु हुन्छन । मान्छेहरुले परि आएको अनेक ...