रजिन ढुङ्गेल\ पछिल्लो समय सुर्योदय नगरपालिका पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै आएको छ । सुन्दर चियाबारी,लाप्चाहरूको ईतिहास,स्वच्छ हावापानी सँग रमाउन इलाम त्यसै पनि चर्चित पर्यटकीय गन्तब्य हो । नेपाललाई प्राकृतिक रूपमा प्रसिद्दि दिलाउने त्यस्तै ठाउँ मध्येको एक हो इलामको सुर्योदय नगरपालिका।। सुर्योदय नगरपालिकाले करिब एक महिना अघिदेखि नगरपालिककाको प्रबेशद्दार हर्कटे बजारमा पर्यटक सूचना केन्द्र खडा गरी पर्यटकहरूलाई उक्त परिसरभित्र अवस्थित रहेका आकर्षक स्थानहरूको बारेमा जानकारी दिदै आईरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट छुट्टिको समयलाई सदुपयोग गर्न अनेकौ पर्यटकहरू आउने तर आकर्षक ठाउहरूको बारेमा अलमल्ल पर्ने हुदा पर्यटकहरूलाई सहज दिलाउन सूचना केन्द्र खडा गरिएको हो । सूर्योदय नगरपालिकामा आउने पर्यटकहरू कन्याम,श्रीअन्तु,र पशुपतिनगर घुम्न पाउने छन्।।
उक्त स्थानहरूमा पर्यटकहरूले सुदुरपानिको सुन्दरताको अवलोकन,पञ्चकन्या मन्दिरको पहिचान,मनोरम सिमपानीको अवलोकन,फिक्कल बजारको हटिया ,श्रीअन्तु मिर्मिरे डाँडाबाट बिहानी पख घामको अवलोकन,यल्मु तथा लाप्चा जातिको अवलोकन गर्नुको साथै पवित्र लाप्चा गुम्बाको दर्शन समेत गर्न पाउनेछन्।।
हरेक दिन ५००० देखि १०००० को हाराहारीमा भित्रने
पर्यटकहरूले यस क्षेत्रबाट चिनो को रूपमा छुर्पी,ललिपप र आकर्षक दृश्यका फोटोहरू लग्ने घोडा चढी रमाईलो गर्ने गर्नुका साथै फरक भेषभुषामा फोटो खिच्ने गरेको पाईन्छ
पर्यटकीय क्षेत्र सुर्योदय नगरपालिकालाई २०७४ सालमा प्लाष्टिक मुक्त नगर घोषणा गरिएकोले नगर क्षेत्र सफा राख्न यस क्षेत्रमा आउने पर्यटकहरूलाई सुर्योदय नगरपालिकाले अपिल समेत गरेको कुरा पर्यटक सूचना केन्द्र का प्रमुख साथै ब्यवस्थापक छबि तिवारीले जानकारी दिनुभयो ।।

Comments
Post a Comment